ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायी रुपमा बन्द

  • मिति : चैत्र २, २०८२
3K Shares

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द भएको छ ।

दुबई प्रहरीले एयरपोर्ट रोड र एयरपोर्ट टनेल अस्थायी रूपमा बन्द गरेको जानकारी गराएको छ । प्रहरीले सञ्चालन भइरहेका सवारीसाधनहरुलाई वैकल्पिक मार्गहरू प्रयोग गर्न भनेको छ ।

दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।