काठमाडौँ । म्याद गुज्रेको अचार बिक्री गरेको भेटिएपछि याक एण्ड यति होटललाई तीन लाख जरिवाना गरिएको छ । आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले काठमाडौँको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिमा म्याद नाघेका अचार बिक्री गरिरहेको फेला पारेको थियो । जल्पेनो र स्लाइस्ड नामक अचारको म्याद गुजिएको फेला परेपछि जरिवाना गरिएको विभागका सूचनाअधिकारी डिकबहादुर कार्कीले जानकारी दिए ।
होटल याक एण्ड यतिलाई तीन लाख जरिवाना
-
स्वस्तिका थापा
- मिति : अशोज २१, २०८१
2.9K
Shares