पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको मृत्यु

5K Shares

ढोरपाटन । वर्षाका कारण पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका-७ तितौरेमा बुधबार राति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्ने गरेको बागलुङ नगरपालिका-७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए ।

आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।