दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक निति तथा वजेट कार्यक्रम सम्पन्न गरेको छ । दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष श्री शंकर बहादुर थापा द्वारा गाउँसभाको १५औं अधिवेशनमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत तथा उपाध्यक्ष श्री माकुरी तामाङ द्वारा वजेट वक्तव्य प्रस्तुत गरि गाउँसभाले वहुमतले पास गरेको हो ।

दुप्चेश्वर गाउँ पालिकाको सभा हलमा २०८१/०३/०९ र १० गते बसेको गाउँसभाको १५ औं अधिवेशनवाट कृषि,संस्कृति, पर्यटन र पुर्वाधार सन्तुलित विकास दुप्चेश्वरको आधार भन्ने मुल नारा का साथ नीति तथा कार्यक्रम तथा वजेट कार्यक्रम सम्पन्न गरेको हो। दुप्चेश्वर गाउँपालिकामा कुल ७ वटा वडाहरु मध्ये स्थानीय सरकारको दोस्रो कार्यकालकाे नेतृत्वको लागि १,२,४,र ७ नं वडा अध्यक्ष सहित वहुमत तथा पालिकाको अध्यक्ष ,उपाध्यक्ष सहित कार्यपालिकामा ने.क.पा माओवादि केन्द्र को स्पष्ट बहुमत रहेको छ ।

पहिलो र दोस्रो वर्षहरुमा आम दुप्चेश्वर बासीहरुको समृद्धि र विकासका लागि समय व्यथित गरेको यो नेतृत्वले तेस्रोवर्ष ०८१/०८२ को वार्षिक विकास गरि समग्र दप्चेश्वरको हितमा अघि बढिरहेको छ । पहिलो र दोस्रो वर्षमा धेरै राम्रोसँग काम गरेको यो सरकारले तेस्रो वर्षमा पनि सम्पूर्ण विषयगत क्षेत्रहरुलाई समेटेर नीति तथा कार्यक्रम तथा वार्षिक वजेट मार्फत दुप्चेश्वरको वृहत्तर विकासमा जुटिरहेको छ ।

विशेषत हालको नेतृत्वले दुप्चेश्वर गाउँपालिकाको भौगोलिक अवस्था तथा कठिनाइका बावजुत पनि अत्यन्तै लोकप्रियताका साथै समग्र विकास निर्माणमा उल्लेखनीय प्रगति गरेको छ।
अघिल्लो दुईवर्ष हासिल गरेका ज्ञान,सीप र धारणा लाई अधिकतम प्रयोग गरि तेस्रो वर्षको नीति तथा वजेट कार्यक्रम प्रस्तुत गरेको यो स्थानीय सरकारले यस वर्षमा पनि निकै लोकप्रिय हितमा नीति तथा कार्यक्रम र वजेट निर्माण गरेको छ,
दुप्चेश्वर गाउँपालिका को समग्र हित र विकास गर्नका लागि नीति तथा कार्यक्रम र नितितथा कार्यक्रम अनुरुप नै वजेट निर्माण गरिएको छ।स्थानीय सरकारलाई बलियो वनाई ,कार्यालय सञ्चालन का लागि आवश्यक विभिन्न नीति ,नियम,र कार्यविधि वनाई अघि वढिरहेको यो सरकारले आ.व.८१/८२ का लागि करिव ६० करोड ७५ लाख बरावरको अनुमानित वजेट निर्माण गरेको छ।गाउँपालिकामा सम्पूर्ण विषयगत शाखाहरुले नयाँ ,कार्यक्रम हरु प्रस्तुत गरेका छन्।

विषयगत शाखाहरु मध्ये स्वास्थ्य सुलभ स्वास्थ्य नागरिकलाई टेवा , गाउँ घरमा निशुल्क स्वास्थ्य सेवाको नारा तय गरि नियमित औषधि सेवन गर्ने दिर्घ रोगी तथा जेष्ठनागरिक हरुलाई नियमित स्वास्थ्य परिक्षण र मनोपरामर्स सहित महिला ,वालवालिका साथै जेष्ठ नागरिक सहित समग्र स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ ।

कृषि,तथा पशुपालनमा स्थानीय सरकारको लगानी किसानको आय:कृषि र पशुपालन सफल व्यवसाय को नारा सहित दुप्चेश्वर गाउँपालिका अध्यक्ष संग किसान सवलिकरण कार्यक्रम मार्फत प्रत्येक वडामा दियो प्राविधिक किसान उत्पादन गर्ने उदेश्य का साथ यो कार्यक्रम सञ्चालन गरिने छ ।
एक वडा एक कृषि पकेट क्षेत्रघोषणा कार्यक्रम,समुन्द्रफिनि धानको सँरक्षण,तथा अन्य रैथाने वालिको संरक्षण ,पशुपालनमा उन्नत नस्ल सुधार सरकारको लक्ष:दूध तथा मासुमा आत्मनिर्भर सफल पक्ष, जस्तो महत्त्वपूर्ण विशेष कार्यक्रम हरु वनाई कृषि र पर्यटनमा लागि परौं:चौरी र भेडाको संरक्षण गरौं।लगायत का कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि कार्यक्रम हरु प्रश्तुत गरिएको छ,त्यस्तै शिक्षा ,युवा तथा खेलकुद:-शिक्षक,विध्यार्थी र अभिभावकको एकता :गुणस्तरीय र प्रभावकारी शिक्षा हाम्रो प्रतिवद्दता मा जोड दिंदै शिक्षक,विध्यार्थी र अभिभावकको एउटै स्वर:ग्लोबल मार्केटमा हाम्रो दुप्चेश्वर लाई चिनाउन विभिन्न कार्यक्रम हरु ल्याईएको छ,त्यस्तै खेलकुदमा स्पस्टता हाम्रो सान: खेलको माध्यमवाट दुप्चेश्वर चिनाउं अभियान मार्फत विशेषत भलिबल खेलमा नुवाकोट जिल्लामै प्रथम यो गाउँपालिका ले समग्र खेलकुदको विकासका लागि कार्यक्रम हरु यस आर्थीक वर्षमा प्रस्तुत गरेका छन्।
महिला ,वालवालिका तथा जेष्ठनागरिक:-स्थानीय नागरिकको जीवनस्तरमा सहयोग र हित,पहिलो प्राथमिकता महिला ,वालवालिका तथा जेष्ठनागरिक का लागि आवश्यक कार्यक्रम हरु सञ्चालन गर्न समेत वजेट वनेको छ,साथै जीवन स्तर र पठनपाठनमा वृद्धि :उपाध्यक्ष संग छोरी समृद्धि कोषको स्थापना गरी वार्षिक रुपमा गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा जन्मेका सम्पूर्ण छोरिहरुको नाममा १० वर्षसम्म वैंकमा मुद्दति खाता सञ्चालन गरि वार्षिक ३,००० का दरले जम्मा गरि सम्पूर्ण छोरिहरुको पठन-पाठन तथा शैक्षिक उन्नतिको सहयोग का लागि यस्तो लोकप्रिय कार्यक्रम ल्याउन सफल बनेको छ।