गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

3K Shares

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कंडेल पाटास्थित भेषबहादुर विकको घर पहिरोमा पुरिँदा एकै परिवारका पाँचजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भेषबहादुर विक, उनकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनी सपना विक र विपना विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिए ।

पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।