ग्लोबल आईएमई लघुवित्त द्धारा विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

2.2K Shares

चितवन जिल्लाको कालिका नगरपालिका वडा नं ०८ न्युरेनीमा रहेको श्री आधारभूत विधालयमा ग्लोृबल आईएमई लघुवित्त वित्तीय संस्था लि.केन्द्रीय कार्यालय विजयपुर कास्कीले स्कुल ब्याग, कपी र सिसाकलम जस्ता शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।

सोमवार  आयोजित शैक्षिक समाग्री वितरण कार्यक्रमा उपस्थित कालिका नगरपालिकाका नगर प्रमुख श्री विनोद रेग्मी,  उप प्रमुख विमला तामाङ, वडा ०८ का वडा अध्यक्ष श्री चित्र बहादुर मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भरत ढुङगाना  एवं ग्लोबल आइएमई लघुवित्तका सामान्य सेवा विभागका प्रमुख श्री जयनारायण शर्मा, अनुगमन स्टेसन प्रमुख विनोद खतिवडा तथा शाखा कार्यालय खोलेसिमलका प्रमुख सविन आचार्य लगाएतको उपस्थिति रहेको थियो । सस्थाका विभागीय प्रमुख शर्माले शैक्षिक समाग्री वितरण गर्दै लघुवित्तले सामाजिक उत्तर दायित्व कोष अन्तर्गत शिक्षा, स्वास्थ्य तथा  कृषि लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।संस्थाका सदस्यहरु माझ आर्थिक कारोवार मात्रै नभई सदस्यको क्षमता अभिवृद्धि, सिप विकास र आयआर्जनका लागि संस्थाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बिभागीय प्रमुख  जयनारायण शर्मा ले वताउनुभयो । बालवालिकाको क्षेत्रमा सस्थाले विगत देखिनै सहयोग गर्दै आएको र यस्ता कार्यहरु निरन्तर रुपमा संचालन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त वित्तिय संस्था ग्लोबल आइएमई लघुवित्तले देशभर १२० ओटा शाखाहरुबाट करीब १ लाख ५३  हजार सदस्यहरु माझ सेवा दिइरहेको  अनुगमन कार्यालय दिब्यपुरी  अनुगमन प्रमुख खतिवडाले  बताउनुभयो