कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूले कर्णालीका जनताको पक्षमा नबाेलेकाे भन्दै सामाजिक सञ्जाल प्रयाेगकर्ता The Voice of Karnali पेजमा संसदहरू हराएको सुचना लेखेका छन् । कर्णाली बाट निर्वाचित १२ सांसद मध्ये ११ सांसद बेपत्ता भएको खबरले हामी कर्णालीवासी निकै दुखित छौ सबै माननीय ज्युहरु मोटाघाटा देख्दा पनि खान्दानी घरानाका जस्ता देखिने चिल्लापिरा अनुहार परेका गाउँका राजा जस्ता देखिने कर्णालीका माननीय ज्युहरुलाई कर्णालीका जनताले अमुल्य मतदान गरि समग्र जिल्लाका समस्या जनताका आवाज सदन र सिंहदरबार सम्म पुर्याउने सर्तमा जिताएका थियौ तर माननीय ज्युहरु न सदनमा देखिन्छन् न सिंहदरबारमा न जनता संग छन न आफ्नो निर्वाचन क्षेत्रमा भेटिन्छन् सबै तिर हेर्दा नभेटिएपछी यही सूचना मार्फत खोजीदिन सबै कर्णालीवासी हार्दिक अनुरोध गर्दछौं देख्ने भेट्ने जो कोहीले कर्णालीका जनता समक्ष खबर गरिदिन कर्णालीवासी जनताले साझा अपिल गरेका छन खबर गर्ने जो कोही लाई उचित पुरस्कारको व्यवस्था सहित खोजी गरिदिन कर्णालीका मतदाताले अनुरोध गरेका छन।
माननीय ज्युहरुको नामावली
(१) मा. प्रकाश ज्वाला सल्यान
(२) मा. शक्ति बहादुर बस्नेत जाजरकोट
(३) मा. जनार्दन शर्मा पश्चिमरुकुम
(४) मा. पुर्ण बहादुर खड्का सुर्खेत क्षेत्र न. १
(५) मा. हृदयराम थानी सुर्खेत क्षेत्र न.२
(६) मा. अम्मर बहादुर थापा दैलेख क्षेत्र न. १
(७) मा. दिक्पाल कुमार शाही दैलेख क्षेत्र न. २
(८) मा. महेन्द्र बहादुर शाही कालिकोट
(९) मा. धन बहादुर बुढा डोल्पा
(१०) मा. ऎन बहादुर शाही मुगु
(११) मा. छिरीङ्ग डम्डुल लामा हुम्ला
नोट जुम्ला बाट निर्वाचित माननीय ज्ञान बहादुर शाही एक्लै कर्णालीको प्रतिनिधित्व गर्दैगर्दा बाकी माननीय ज्युहरु कहाँ हुनुहुन्छ कम्तीमा बोल्न नसकेपनी सहमति त जनाइदेउ यो बजेट परिमार्जन गर्न सरकार र अर्थमन्त्री लाई बाध्यात्मक परिस्थिति बनाउन कम्तीमा साथमा छौ त भनिदेउ कर्णालीका जनता हेरिरहेका छन है माननीय ज्यु जुन काम र कर्तव्य बोकेर आज माननीयको उपमा पाएका छौ र जनताको आवाज सदन सम्म त पुर्याइदेउ हे माननीय ज्यु यति गर्न कस्ले रोकेको छ केपी प्रचण्ड सेरबहादुर वा बोल्ने मुख बन्द छ ?
लगत्तै दाेस्राे दिन पुन लेख्छन् कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका ११ जना माननीय ज्युहरू हराएको सुचना सम्प्रेषण गरेका थियौं । हेर्दै बुझ्दै खाेज्दै जाँदा निर्वाचित माननीय मात्र नभई समानुपातिक तर्फका माननीय ज्यु हरू पनि हराएको सुचना हामीलाई प्राप्त भएको छ ।
कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने २१ जना मध्य २० जना माननीय ज्युहरूले सदनमा हाेस् या सडकमा कहिकतै पनि कर्णालीकाे आवाज नबाेल्ने कसम खानु भएको छ ।
हाम्रो अनुरोध छ प्रिय माननीय ज्युहरू हजुरहरू सदनमा पुगेर शिर्ष नेताको भक्तिभाव गर्नु हाेला शिर्ष नेताकाे भाषणमा टेबुल ठटाउनु हाेला अझै पनि समय बाँकी रहे थकान मेटाउनु हाेला हाम्रो विन्ती छ कर्णालीकाे कथा बेथाबारे माैन रहनु हाेला कतै शिर्ष नेताहरूकाे चाकरी बाहेकमा समय खर्चिए टीका लगाएर पाएकाे पद पाे खुस्किने हाे कि ?
हामी कर्णालीका जनता भाेली त्यसैगरी गुजारा गर्न सक्छौ जसरी हिजाे र आज गरिरहेका छाैँ त्यसैले हाम्रो पिर नगर्नु हाेला ।
प्रिय माननीय ज्युहरू हजुरहरूलाई हजुरहरूले प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश र त्यहाँको अवस्था बारे थाह छ हाेला ?
पक्कै छैन कर्णाली प्रदेशका जनताले भाेग्नु परेकाे पीडाबारे जानकार हुनुहुन्छ ? पक्कै हुनुहुन्न यदि थाह हुन्थ्यो भने
हजुरहरू हराउनु हुने थिएन,जनताको बिचमा जानुहुन्थ्याे,जनताका समस्या बुझ्नु हुन्थ्यो र सदनमा जनताको पक्षमा उभिनु हुन्थ्यो, सदनमा जनताको आवाज बाेल्नु हुन्थ्यो ।
माननीय ज्युहरू एउटा मन्त्रालयका उदाहरण हेराैँ कर्णालीलाई कसरी हेपिएकाे छ, कर्णाली माथि कसरी विभेद गरिएकाे छ !
भाैतिक पूर्वाधार मन्त्रालयकाे उदाहरण हेराैँ भाैतिक पुर्वाधार मन्त्री र उहाँको श्रीमतीको निर्वाचन क्षेत्रमा ८ अर्ब ७७ करोड ४ लाख बजेट जाँदै गर्दा समग्र कर्णाली प्रदेशका १० वटा जिल्लामा ७ अर्ब ३६ करोड ४८ लाख १४ हजार बजेट विनियोजन हुदा हजुरहरू कसरी माैन बस्न सक्नु भयाे ?
याे त एउटा मन्त्रालयकाे उदाहरण हाे बाँकी मन्त्रालयले पनि यसैगरी कर्णाली प्रदेश माथि अन्याय,विभेद गरिरहेका छन् ।
एक्लाे ज्ञान बहादुर शाही अर्थात् ज्ञानेन्द्र शाहीले कर्णालीका जनताको पक्षमा उभिएर सदनमा लडिरहदा हजुरहरू कता हराउनु भएकाे थियाे ? हामी यहीँ जान्न चाहेरै माननीय ज्युहरू हराएको सुचना निकाल्न बाध्य भएका छाैँ ।
The Voice of Karnali.