इलाममा बुबाको हत्या गरेर फरार भएको छोरा पक्राउ

3.1K Shares

इलाममा बुबाको हत्या गरेर फरार भएको आरोप लागेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार भएको आरोपमा ३५ वर्षीय रामबहादुर राईलाई आज पक्राउ गरिएको हो ।

रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिए ।

“उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ,” उनले भने । प्रहरीका अनुसार घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि झापाको बिर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।