जंगलमा डढेलो लगाउदै गर्दा काभ्रेबाट एक युवक पक्राउ

  • मिति : चैत्र २९, २०८०
4.8K Shares

काभ्रे । जंगलमा डढेलो लगाएको आरोपमा प्रहरीले काभ्रेबाट एक युवकलाई पक्राउ गरेको छ। मण्डनदेउपुर नगरपालिका ११ निवासी ३१ वर्षीय मैते तामाङलाई घर नजिकैको जंगलमा डढेलो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नो घर नजिकैको पाखो बारीमा आगो लगाउँदा नजिकैको जङ्गलमा डढेलोको रुपमा फैलिएको थियो। त्यो डढेलोबाट काभ्रे खोला दोभान सोलारमुस खानेपानी तथा सिचाइ परियोजनाको सोलारको तार, खानेपानी र सिँचाइको कालो पाइप जलेको प्रहरीले जनाएको छ। तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।