काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेरअघिबाट पार्टी मुख्यालय च्यासलमा बसिरहेको हो । हिजो निर्वाचन समिक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक अहिले बसेको हो ।
बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ । केन्द्रीय कमिटीको बैठक आजै बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बस्नेछ ।