वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश निर्वाचन हुनुपर्छ : ओली

  • मिति : मंसिर १०, २०८३
463 Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले कसैलाई सहज हुने वा नहुने आधारमा निर्वाचन रोक्न नमिल्ने बताए । “कसैलाई सजिलो हुन्छ भनेर चुनाव नगर्ने भन्ने हुँदैन। संविधानअनुसार चल्नुपर्छ, हुकुमबाट चल्ने होइन,” ओलीले भने । उनले निर्वाचन संविधानअनुसार निर्धारित समयमै हुनुपर्नेमा जोड दिएका छन् ।