प्रतिनिधिसभा बैठक : निर्धारित कार्यसूची हेरफेर

  • मिति : अशोज ६, २०८३
225 Shares

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । संसद् सचिवालयले आकस्मिक कारणले गर्दा निर्धारित कार्यसूची हटाइएको जानकारी दिएको छ ।

सचिवालयले जारी गरेको सन्देशमा भनिएको छ– ‘आकस्मिक कारणले गर्दा निर्धारित कार्यसूची हटाई संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’