डा. धवलशम्शेर राणाको समूहले राप्रपाबाट सामुहिक राजीनामा दिँदै

  • मिति : जेष्ठ १६, २०८३
1.1K Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणा समूहले रामुहिक राजीनामा दिने तयारी गरेको छ ।

पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेका बेला राणा समूहले पार्टी परित्याग गर्ने तयारी गरेको हो । आगामी जेठ १८ गते होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरेर सामूहिक राजीनामा घोषणा गर्ने तयारी राणा समूहको छ ।

राणा समूहले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई एकलौटी रूपमा चलाएको आरोप लगाउँदै आएको छ ।

जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सबै नामेट पार्ने मनोवृत्ति नेतृत्वको देखिएको राजीनामाको मस्यौदामा लेखिएको छ ।