आरोही फर्किएपछि चिप हटाइने र सरकारलाई फिर्ता दिइनेछ भने सो चिप त्यसपछि अर्को व्यक्तिको लागि प्रयोग गरिने गरी ब्यवस्था मिलाइएको छ । ट्र्याकिङ चिपहरूले उपग्रहहरूसँग जानकारी साझा गर्न ‘ग्लोबल पोजिसनिङ सिस्टम’ प्रयोग गर्दछ। गुरुङले त्यस्ता चिप्स “युरोपेली देश” मा उत्पादन भएको तर कहाँ र कुन कम्पनीको हो भन्ने खुलाएनन । विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४९ मिटर (२९,०३२ फिट आरोहण गर्ने प्रयास गर्ने अधिकांश मानिसहरूले आरोहण अनुमतिका लागि प्रत्येकले ११ हजार अमेरिकन डलर तिरेर शिखरतर्फ लम्कने गर्दछन् ।
खाना, सप्लिमेन्टल अक्सिजन, शेर्पा गाइड र थपको मूल्य थप्दा, हिमाल चढ्न ३५ हजार डलरभन्दा माथि लाग्ने गर्दछ । विश्वका १० अग्लो चुचुरोमध्ये आठ नेपालमै छन्र र नेपालले पर्वतारोहणबाट महत्वपूर्ण पर्यटन आम्दानी गर्छ। सगरमाथा आरोहण पूरा गर्न दुई महिनासम्म लाग्न सक्छ। मौसम अनुसार मध्ये मे मा शिखर चढ्नको लागि उपयुक्त मानिन्छ । गत वर्ष नेपालले कीर्तिमानी ४ सय ७८ जनालाई आरोहण अनुमति दिएको थियो । सगरमाथामा १२ जना आरोहीको मृत्यु भएको पुष्टि भएको छ भने अन्य पाँच जना बेपत्ता भएका थिए, जो अझै फेला परेका छैनन् ।