निलगिरी–२ जलविद्युत् आयोजनाले सुरुङ परीक्षण गर्ने

  • मिति : माघ १५, २०८०

काठमाण्डौ | म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङमा रहेको नीलगिरि खोलामा निर्माणाधीन ७१ मेगावाट क्षमताको निलगिरी–२ जलविद्युत् आयोजनाले भोलिदेखि सुरुङ परीक्षण गर्ने भएको छ ।

नीलगिरि खोलामा एकसाथ निर्माणाधीन २ वटा जलविद्युत् आयोजनामध्ये नीलगिरि–२ को सुरुङमा भोलिदेखि पानी पठाउन लागेको आयोजनाको प्रबन्धक नीलगिरि खोला जलविद्युत् कम्पनी लिमिटेडले जनाएको छ।

कम्पनीले सूचना निकालेर भोलिदेखि २५ गतेसम्म खोलामा पानीको बहाव थपघट हुने हुँदा माछा मार्ने, नुहाउने, गाईबस्तु, चौपाया छाड्ने र खोलामा आवतजावत नगर्न अनुरोध गरेको छ । आउँदो महिनादेखि परीक्षण उत्पादन शुरु गर्ने नीलगिरि खोला जलविद्युत् कम्पनी लिमिटेडका इन्जिनियर केशव वाग्लेले बताउनुभयो ।