नेपाल प्रहरीका ३ जना एसपीको जिम्मेवारी हेरफेर

  • मिति : मंसिर २, २०८३
463 Shares

काठमाडौँ : नेपाल प्रहरीका ३ जना एसपीको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई ल्याइएको छ ।

कर्मचारी प्रशासन शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ । एसपी सुदीप पाठकलाई प्रहरी हेडक्वार्टर स्थित विशेष ब्युरोमा सरुवा गरिएको छ ।