काठमाडौँ : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेनद्र शाहको भारत भ्रमणलाई महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जालमार्फत बाँस्कोटाले शाहको भारत भ्रमणले दुईमध्ये एउटा दिशा लिन सक्ने बताएका छन्। उनका अनुसार भ्रमणले या त बिल्कुलै नयाँ दिशा समात्नेछ वा नेपाल–भारतबीचका विषय थप अन्योलग्रस्त बन्नेछन्।
‘क्रसरोडमा छ प्रम बालेनको भारत भ्रमण। या त विलकुल नयाँ दिशा समात्छ वा जम्मै विषय थप अन्यौलग्रस्त बन्छन्,’ उनले भनेका छन्।
उनले प्रधानमन्त्रीको भारत भ्रमणबाट स्पष्ट कुरा र परिणाम आउने अपेक्षा पनि गरेका छन्। ‘आशा र विश्वास गरौँ– कुरा र परिणाम स्पष्ट होस्,’ उनले भने।