भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

  • मिति : कार्तिक २६, २०८३
276 Shares

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको भीषण हाइस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको हो।

समितिमा ट्राफिक प्रहरी इन्चार्ज, पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य छन्। समितिले गठन भएकै दिनदेखि अनुसन्धान अघि बढाउनेछ। दुर्घटनाबारे अध्ययन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन समितिलाई समयसीमा तोकिएको प्रजिअ अधिकारीले जानकारी दिए।