एनपीएल : कर्णालीको अपराजित यात्रामा ब्रेक

  • मिति : कार्तिक १६, २०८३
157 Shares

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । लगातार तेस्रो जितको खोजीमा रहेको कर्णालीको यात्रामा काठमाडौंले ब्रेक लगाएको हो ।

दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । जितका लागि पाएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९।४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे।

कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलतले २/२ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १८० रन बनायो ।

जसमा अरिफूल स्लामले ४४,हुसैन तलतले ४०, पवन सराफले ३० रनको योगदान गरे । काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए ।