प्रधानमन्त्री बालेन मंसिर ७ र ८ मा भारत भ्रमणमा जाने

  • मिति : अशोज १४, २०८३
191 Shares

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र शाह भारत भ्रमणमा जाने पक्का भएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गर्दै उनको भारत भ्रमणको मिति तय गरेका हुन् । श्रीवास्तव चार वर्ष तीन महिना कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदैछन् ।

स्वदेश फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ ।

प्रधानमन्त्री शाह ७ र ८ मंसिरमा भारत जाने तय गरेर श्रीवास्तवको कार्यकाल सकिएको हो । राजदूत नयाँ दिल्ली पुगेपछि मंसिर ७ र ८ गतेको मिति प्रस्ताव गर्ने र त्यसलाई भारत सरकारले औपचारिकता दिएपछि दुवै देशका विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्ने बताइएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले पनि प्रधानमन्त्रीले छिट्टै भारतको परिणाममुखी भ्रमण गर्ने बताएका छन् ।