शेखर निकट नेता-कार्यकर्ता देउवा समूहको महाधिवेशनमा सहभागी हुने

  • मिति : अशोज १४, २०८३
106 Shares

काठमाडौँ : नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका नेता कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवाले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी हुने भएका छन् ।

देउवा समूहले समानान्तर रूपमा असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।

संस्थापनले भने यही असोज १८ गते १५ औँ महाधिवेशनको उदघाटन गर्ने बताएको छ । र तल्लो तहका अधिवेशन गरिरहेको छ ।

नेता डा. कोइरालाले पार्टी एक नभएसम्म दुवै तर्फका महाधिवेशनमा सहभागी नहुने बताएका छन् । तर, उनी निकट नेताहरू केही संस्थापनको महाहाधिवेशनमा सहभागी भएका थिए । केही भने देउवा समूहको महाधिवेशनमा सहभागी हुने तयारीमा छन् ।

डा. कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले केही नेता कार्यकर्ता स्ववीवेकले देउवा समूहको महाधिवेशनमा सहभागी हुने जानकारी दिए ।

‘हामीसँग जोडिएका केही संस्थापनको अधिवेशनमा भाग लिइरहनु भएको छ । बाँकी रहेका केही स्वविवेकले देउवा समूहले गर्न लागेको महाधिवेशनमा सहभागी हुनुहुन्छ,’ थपलियाले भने, ‘ दाइ (डा. शेखर कोइराला) कतै सहभागी हुनुहुन्न ।’