छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ सम्पन्न, विभिन्न विधामा खेलाडीले देखाए उत्कृष्ट प्रदर्शन

  • मिति : अशोज १२, २०८३
293 Shares

काठमाडौं । नेपाल मुनिज शिरोइ शिशि–रियो कराते संघको आयोजनामा भएको छैटौँ राष्ट्रिय कराते च्याम्पियनसिप–२०२६ काठमाडौंको खुसीबुस्थित जुडो हलमा शनिबार सम्पन्न भएको छ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा देशका विभिन्न स्थानबाट आएका करिब ३५० जना खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

असोज १० गते बिहान ७ बजेदेखि सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीसम्मका विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराइएको थियो। महिलातर्फ पनि विभिन्न तौल समूहमा खेलाडीहरूले सहभागिता जनाएका थिए।कार्यक्रममा काठमाडौं महानगरपालिका–१५ का कार्यपालिका सदस्य तथा वडा सदस्य मैयाँ लक्ष्मी महर्जन, बिजु श्रेष्ठ, पूर्व वडा सदस्य निर्मा घ्याम्छो तामाङ, आनन्द राम गौतम र काठमाडौं महानगरपालिका–१५ का कार्यपालिका सदस्य तथा वडा सदस्य रुपेश महर्जन लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै, अन्तर्राष्ट्रिय रेफ्री तथा छैटौँ राष्ट्रिय कराते प्रतियोगिताका रेफ्री संयोजक राजेन्द्रकुमार ओझा, नेपाल बोडोरियो डो रेन्मेई संघकी सदस्य उमा खड्का , अन्तर्राष्ट्रिय रेफ्री रामकृष्ण तामाङ, छैटौँ राष्ट्रिय कराते प्रतियोगिताका रेफ्री सह–संयोजक राजकुमार श्रेष्ठ, काठमाडौं शाखा डोजो अध्यक्ष सुनील श्रेष्ठ, तनहुँ  शाखा डोजो अध्यक्ष सूर्यकुमारी ओझा लगायत कराते क्षेत्रका प्रशिक्षक, रेफ्री तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा सम्मान गरिएको छ। बेस्ट प्लेयर (Girls) प्रार्थना बज्राचार्य, बेस्ट प्लेयर (Boys) सुलभ चौधरी, राइजिङ प्लेयर (Boys) ओजस  अधिकारी र राइजिङ प्लेयर (Girls) सिम्रन सिह घोषित भएका छन्। त्यस्तै, डिसिप्लिन टिमको सम्मान मुनिज शिरोइ शिशि–रियो कराते संघले प्राप्त गरेको छ।

प्रतियोगिताले राष्ट्रियस्तरमा कराते खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न योगदान पुर्‍याएको आयोजकले जनाएको छ। प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई पदक, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।