प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक

  • मिति : अशोज ५, २०८३
497 Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ । यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज, प्रतिस्पर्धी तथा सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ ।

नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान रहँदै आएको छ । विप्रेषणले विदेशी मुद्रा आर्जन, घरपरिवारको आय तथा बैंकिङ प्रणालीमा तरलता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रभु बैंकले आफ्नो स्थापनाकालदेखि नै विप्रेषण कारोबारलाई प्राथमिकता दिँदै आएको छ भने विप्रेषणमार्फत प्राप्त रकमलाई बैंकिङ प्रणालीमा परिचालन गरी निक्षेप विस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न निरन्तर पहल गर्दै आएको छ ।

बैंकका अनुसार प्रवासी नेपालीबाट प्राप्त विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत थप प्रभावकारी रूपमा परिचालन गर्दै उनीहरूको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले यो योजना ल्याइएको हो । योजनाले प्रवासी नेपालीलाई घर तथा जग्गा खरिदका लागि आवश्यक वित्तीय स्रोतमा सहज पहुँच प्रदान गर्नुका साथै बैंकसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । यस योजनाअन्तर्गत घर कर्जा (होम लोन)का लागि अधिकतम सिमा ३ करोड रुपैयाँसम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने गरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका ३०० वटा शाखामार्फत उपलव्ध गराइने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत साथै जग्गा खरिद गर्न चाहने ग्राहकहरूलाई सहज र सरल रुपमा वित्तीय पहुँच उपलब्ध गराइनेछ । साथै, यस योजनामा ग्राहकहरुले बढीमा २ जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न औसत आधार दरमा थप १ प्रतिशत प्रतिवर्ष ब्याजदरमा शैक्षिक कर्जा सुविधा तथा कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट गरिएको छ । साथै, पहिलो वर्ष निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ उपलब्ध गराइएको छ ।

यस योजनाले विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपाली नागरिकलाई आफ्नो तथा परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माणरखरिद गर्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने विश्वास बैंकले लिएको छ । साथै, प्रवासी नेपालीबाट बैंकिङ प्रणालीमा आउने विप्रेषणलाई औपचारिक माध्यमबाट परिचालन गर्दै निक्षेप अभिवृद्धि, उत्पादनशील कर्जा प्रवाह तथा दीर्घकालीन ग्राहक सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याउने बैंकको अपेक्षा रहेको छ ।

प्रभु बैंकले आफ्ना ग्राहकहरूको बदलिँदो वित्तीय आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै सहज, भरपर्दो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।