काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारतको नयाँ दिल्ली पुगेका छन् । भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा गएका अर्थमन्त्री वाग्लेलाई आज नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका हुन् । अर्थमन्त्री वाग्लेले आज साँझ भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नयाँ दिल्ली पुगे अर्थमन्त्री वाग्ले
-
नयाँ सवाल
- मिति : अशोज १, २०८३
548
Shares