शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्चमा दर्ता गराए रिट

  • मिति : भदौ ५, २०८३
412 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । पार्टीको १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्काले छुट्टा छुट्टै रिट दायर गरेका हुन् ।

पार्टीको आधिकारीकता विवादमा सर्वोच्च अदालतले देउवा समूहलाई निस्सा प्रदान गरेपछि अन्तिम फैसला नभएसम्म सम्पूर्ण प्रक्रिया रोक्नुपर्ने रिटमा माग गरिएको छ । यता संस्थापन पक्षले भने असोज १६–१९ मा हुने महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ ।