सिमरा बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ

  • मिति : भदौ ४, २०८३
378 Shares

रौतहट : बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन्।

बालिकाको खोजीकार्य र सुरक्षा व्यवस्थापनमा गम्भीर लापरबाही गरेको आरोप लगाउँदै आक्रोशित स्थानीयबासीले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा पुगेर घेराउ गरेका हुन्। प्रदर्शनकारीहरूले कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्रीलाई तत्काल कारबाही गर्नुपर्ने मुख्य माग अघि सारेका छन्।