पत्रकार किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

  • मिति : साउन २८, २०८३
548 Shares

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट बिहीबार बिहानै प्रहरीले उनको घर र जनआस्थाको कार्यालयमा खानतलासी गरेको छ ।

बिहान करिब ७ बजे पुगेको प्रहरी टोलीले कार्यालयबाट कागजपत्रसँगै ल्यापटप, कम्प्युटर र मोबाइल लगायतका उपकरण लगेको बताइएको छ ।

श्रेष्ठलाई प्रहरीले बुधबार राति आफ्नै निवासबाट पक्राउ गरेको थियो ।

उनको पक्राउको विरोध गर्दै नेपाल पत्रकार महासंघले आन्दोलनको चेतावनी दिएको छ ।

महासंघकी अध्यक्ष निर्मला शर्माका अनुसार श्रेष्ठले प्रयोग गर्ने ल्यापटप, कम्प्युटर, मोबाइल तथा इमेलमा पहुँच राख्ने उद्देश्यले उनको घरबाट समेत उपकरण जफत गरिएको छ ।

उनले पक्राउको विरोध गर्न देशभरका पत्रकारहरूलाई आह्वान गरेकी छन् । महासंघले विरोधस्वरुप आज बिहान धर्ना दिन लागेको उनले जानकारी दिएकी छन् ।