सवारी दुर्घटनामा ४ जनाको मृत्यु, १६ घाइते

  • मिति : साउन २४, २०८३
412 Shares

काठमाडौँ : गएको २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परेर अरु १ सय १६ जना घाइते भएका प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर दैलेख, भक्तपुर, रौतहट र महोत्तरीमा चार जनाको मृत्यु भएको हो। त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा २९ जना घाइते भएका छन्।

दुर्घटनामा परेर कर्णालीमा ४, गण्डकीमा २, बागमतीमा १८, कोसीमा २०, मधेसमा २०, लुम्बिनीमा २४ र सुदूरपश्चिममा ९ जना घाइते भएका प्रहरीले जनाएको छ।