नागेन्द्र साह आयल निगमको कार्यकारी निर्देशक नियुक्त

  • मिति : साउन २१, २०८३
531 Shares

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबारको मन्त्रिपरिषद बैठकले साहलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो। उनी यसअघि निगमको पूर्वनिमित्त कार्यकारी निर्देशक हुन्।

कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस गरिएको थियो । जसमा धनुषाका नागेन्द्र साह, प्युठानका कौशल केसी र सप्तरीका सञ्जीव कुमार देव रहेका थिए ।