महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

  • मिति : साउन १०, २०८३
395 Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राइजिङ स्टार  ग्रोथ’अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक ‘सम्पती गुणस्तर’अन्तर्गतबाट समेत सम्मानित भएको थियो ।

जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित ‘चौथो इर्मजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।

बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।

बैंकले डिजिटल बैंकिङ सेवामा विस्तार, नविन वित्तीय उत्पादनहरुको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैंकिङमा उत्कृट कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्टिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।