बालेन सरकारलाई मनिष झाको प्रश्न– यस्तो बचपना देखाएर राजकाज चल्छ ?

  • मिति : असार ३१, २०८३
616 Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले नै आफ्नै पार्टी नेतृत्वको बालेन साह सरकारको कामकारबाहीलाई लिएर शंका व्यक्त गर्न थालेका छन् ।

रास्वपा सांसद मनिष झाले मिडिया हाउसका कार्यालयअगाडि गाडी तेर्स्याएको घटनालाई लिएर सरकारको राजकाज सञ्चालनप्रति शंका व्यक्त गरेका हुन् ।

उनले राज्य आफैं थप आतङ्कित बनाउनेतर्फ अग्रसर भएको टिप्पणी गर्दै यस्तो बचपना देखाएर राजकाज चल्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ । राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्यले आफैं थप आतङ्कित बनाउने हैन ।’ झाले फेसबुकमा लेखेका छन्, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो ? यस किसिमको काम प्रति घोर आपत्ति छ ।