काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८८ हजार कायम गरिएको छ। यो शुक्रबारको तुलनामा प्रतितोला रु ६०० बढी हो।
शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो। महासंघका अनुसार आइतबार सुनको मूल्य प्रति १० ग्राम रु २ लाख ४६ हजार ९१५ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी प्रतितोला रु ४ हजार ४७५ निर्धारण गरिएको छ, जुन शुक्रबारको प्रतितोला रु ४ हजार ५१० को तुलनामा रु ३५ कम हो। चाँदीको प्रति १० ग्राम मूल्य रु ३ हजार ८३७ कायम भएको महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा दैनिक रूपमा नेपाली बजारका लागि सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।