शिक्षामा सबैभन्दा ठूलो समस्या दलीयकरण हो : गगन थापा

  • मिति : असार १९, २०८३
531 Shares

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षामा दलीयकरण भएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै शिक्षामा दलीयकरणले सबैभन्दा ठुलो समस्या लिएर आएको बताए। उनले भने, ‘शिक्षामा राजनीति भयो भन्छौँ । शिक्षामा राजनीति भएन भन्छौँ, शिक्षामा दलीयकरण भयो ।

हामीलाई व्यवस्थापन समितिमा पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो । त्यसको शिक्षक पनि हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनुपर्‍यो । त्यो राजनीति होइन, त्यो दलीयकरण थियो । दलीयकरण बाहिर निस्कनुपर्‍यो ।’

उनले पार्टीमा आबद्ध भएका हजारौँको सङ्ख्यामा शिक्षकहरूले समुन्नत नेपाल ल्याउनका निम्ति आफ्नो ठाउँबाट काम गर्न सक्ने बताए । उनले थपे, ‘मैले आजको दिनमा कांग्रेस सभापति भएर शिक्षक सङ्घमा आबद्ध हुनुभएको शिक्षकलाई गर्ने आग्रह भनेको भूमिका ठीक ढङ्गले विद्यालयमा निर्वाह गर्दिनुस् । त्योभन्दा ठूलाे नेपाली कांग्रेसलाई लगाउने गुण अरू केही पनि हुँदैन।’