काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेले निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथपछि सभापति लामिछानेले केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित घण्टी पनि उपहार दिएका छन् ।