सम्पत्ति छानबिनबारे आवाज उठाउने मै हुँ : जनार्दन शर्मा

  • मिति : असार ९, २०८३
922 Shares

काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टीका संस्थापक नेता जनार्दन शर्माले सम्पत्ति छानबिनबारे बढी आवाज उठाउने आफैँ भएको दाबी गरेका छन् । उनले अहिले मिडिया ट्रायल गरेर भ्रम सिर्जना गर्न खोजिएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै शर्माले सम्पत्ति छानबिन गर्नुपर्छ भनेर सदन र त्यतिखेरको नेकपा माओवादी केन्द्रमा विषय उठाएको बताएका छन् । उनले यो मामलामा अहिले पनि अडिग रहेको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘यतिखेर चैँ सरोकार नै नभएको विषय बनाई भ्रम सिर्जना गर्ने उद्देश्य राखेर गरिने मिडिया ट्रायलप्रति दुःख व्यक्त गर्दछु ।’