सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • मिति : असार ८, २०८३
1.1K Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार दुई लाख ८७ हजार ३०० कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।