सप्तरी कारागारमा गोली चल्यो, प्रहरी जवान घाइते

  • मिति : असार १९, २०८३
463 Shares

काठमाडौँ : सप्तरी कारागारको सुरक्षामा रहेका एक प्रहरी जवान गोली लागेर घाइते भएका छन्। आफ्नै सहकर्मीले बोकेको बन्दुक अचानक पड्किँदा प्रहरी जवान बिसोजित राय यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए।

प्रहरी जवान अजयकुमार मेहताले बोकेको बन्दुक पड्किएको हो। उनलाई सप्तरी प्रहरीको नियन्त्रणमा राखिएको छ। डीएसपी घिमिरेका अनुसार घटना बुधबार राति झन्डै साढे ११ बजे भएको हो।

यादवको ढाडमा गोली लागेको छ। यादवलाई सुरुमा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि लगिए पनि थप उपचारका लागि धरानस्थित घोपा क्याम्प लगिएको डीएसपी घिमिरेले जानकारी दिए।