रास्वपाको बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

  • मिति : असार ८, २०८३
1.1K Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज बन्दसत्र हुँदैछ ।

हिजो (आइतबार) चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र बिहान साढे ८ बजेदेखि उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सुरु हुनेछ ।

बन्दसत्रको प्रारम्भ सभापति रवि लामिछानेले गर्नेछन् ।

बन्द सत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

यस्तै, रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन, कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने तालिका रहेको छ ।

यसैगरी, महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने सहमहामन्त्रीको अगुवाइमा पार्टीको ‘विधान’माथि छलफल तथा पास गर्ने कार्यतालिका छ । साथै, दिउँसो १ बजे खानापछि पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी तालिका प्रकाशन गर्ने पार्टीले जनाएको छ ।