काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा उनले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गरे। उनले आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताए।
उनले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताए। उनले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गरे। उनले सो पुल विवादका बीच पनि निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने बताए।