इरानमाथि थप आक्रमण गर्नबाट पछि हटे ट्रम्प

  • मिति : जेष्ठ २९, २०८३
480 Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा ठूलो बम आक्रमण गर्ने र प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु कब्जा गर्ने धम्की दिएको केही घण्टापछि बिहीबार राति इरानविरुद्ध योजनाबद्ध हवाई आक्रमण र बम विष्फोट रद्द गरिएको बताएका छन् ।

ट्रम्पले इरानसँगको अमेरिकी वार्ता उच्चस्तरमा पुगेकाले अहिलेका लागि हवाई आक्रमण र बम विष्फोट रद्द गरिएको बताए ।

ट्रुथ सोशलमा लेख्दै उनले वार्ता र बुँदाहरूमा सम्बन्धित सबै पक्ष सहमत भएका दाबी गरेका छन् । उनका अनुसार सम्झौता अन्तिम नभएसम्म नौसेना नाकाबन्दी पूर्ण रूपमा लागू रहनेछ ।

यसअघि ट्रम्पले अमेरिकाले आज राति इरानमाथि ठूलो आक्रमण गर्ने घोषणा गरेका थिए ।

इरानको नौसेना, वायुसेना, राडार, विमान विरोधी र सबै प्रतिरक्षा प्रणालीहरू, साथै यसको अधिकांश हमला क्षमताहरू नष्ट भइसकेको ट्रम्पको दाबी छ ।