फेरि बढ्यो तेलको मूल्य

  • मिति : जेष्ठ २८, २०८३
1.7K Shares

काठमाडौं : संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो तनावको असर विश्वव्यापी तेल बजारमा पर्न थालेको छ ।

इरानले होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि बिहीबार कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ट क्रुड २.५ प्रतिशतले बढेर प्रति ब्यारेल ९५.४० डलर पुगेको छ भने अमेरिकी डब्लुटीआइ क्रुड २.९ प्रतिशतले बढेर ९२.६३ डलर प्रति ब्यारेलमा कारोबार भएको छ ।

इरानको संयुक्त सैन्य कमान्डले पछिल्लो अमेरिकी आक्रमणपछि होर्मुजको जलमार्ग तेल ट्याङ्कर र व्यावसायिक जहाजहरूका लागि बन्द गरिएको दाबी गरेको छ र त्यहाँबाट जान खोज्ने जहाजहरू विरुद्ध कारबाही गर्न सकिने चेतावनी दिएको छ ।