रास्वपा कोशीको सभापतिका लागि ८ जनाको उम्मेदवारी

  • मिति : जेष्ठ २७, २०८३
531 Shares

विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी कोशीको सभापतिका लागि ८ जनाले दाबी गरेका छन् । मोरङको विराट चोकमा सुरू भएको पहिलो अधिवेशनमा सभापतिका लागि ८ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अधिवेशन सम्पन्न गराउन नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति बनेको छ ।

समितिका अनुसार गोमा तामाङ ( सरिन ), चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल, वीरेन्द्र श्रेष्ठ र नारायणप्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।

यसैगरी सदस्यमा ७१ जनाले उम्मेदवार दिएको निर्वाचन समितिले जानकारी गराएको छ । कोशी प्रदेश समिति ६१ सदस्यीय हुने विधानमा व्यवस्था छ ।