काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहहरू नेतृत्व चयनको तयारीमा सक्रिय बनेका छन्।
संघका दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुन लागेको हो। यसैबीच, सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट धुब्र जिसीले सदस्यपदको उम्मेदवारी घोषणा गरेका छन्। समूहमा करिब २०० व्यवसायी आबद्ध रहेको र संघको साधारण सभामा निर्णायक भूमिका खेल्ने दाबी गरिएको छ।
जिसीले आफ्नो १० बुँदे एजेण्डा पनि सार्वजनिक गरेका छन्, जसमा युवा व्यवसायीको सशक्त प्रतिनिधित्वका लागि, नयाँ सोच, नयाँ कार्यशैली, कुनै पनि गुट, स्वार्थ वा दबाबबाट मुक्त, सबै व्यवसायीहरूलाई समान दृष्टिकोण, एकता, सहकार्य र पूर्ण पारदर्शिताप्रति प्रतिबद्ध, काम गर्ने संकल्प, पदको होइन जिम्मेवारी पूरा गर्ने दृढका लागि गर्ने विषय समेटिएका छन्।
