दुई संसदीय समितिको बैठक बस्दै

  • मिति : जेष्ठ २०, २०८३
1.5K Shares

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ ।

आज बिहान ९ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्यविधिसम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, आज बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उपसमिति गठन, समितिको आन्तरिक कार्यविधि पारित गर्ने कार्यसूची रहेको छ ।