पोखरा । राजेन्द्रविक्रम बानिया ले हरिशरण केसी लाई समर्थन गर्ने घोषणा गरेका छन्।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ का अध्यक्षसमेत रहेका बानियाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ को नेतृत्वका लागि केसी उपयुक्त उम्मेदवार रहेको बताएका छन्।
काङ्ग्रेस निकट मानिने बानियाको समर्थनपछि महासंघको चुनावी समीकरण थप चासोको विषय बनेको छ। पोखरामा जारी सातौं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ।
महाधिवेशनस्थलमा उम्मेदवारहरूबीच भेटघाट, छलफल र समर्थन जुटाउने गतिविधि तीव्र बनेको सहभागीहरूले बताएका छन्। अध्यक्ष पुण्य प्रसाद सिटौला (सरोज) र हरिसरण केसि (हुस) बिच महाभिडन्त हुँदै छ । साथै ७४ पदमा १२० बढिको उम्मेद्बारी दर्ता भएको छ ।