मैले राजीनामा दिएको छैन, गलत हल्ला गरियो : सन्तोष परियार

  • मिति : बैशाख २, २०८३
1.6K Shares

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा गठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का नेता सन्तोष परियारले आफुले राजिनामा नदिएको बताएका छन् ।

फागुन २१ को प्रतिनिधि सभाको चुनावमा एक सीट पनि जित्न नसकेपछि प्रलोपाका शीर्ष नेताहरूले पार्टी छाड्ने लहर चलेको छ। प्रलोपाका अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती, दुर्वा सोव र ओजस्वी भट्टराईले पदबाट राजीनामा दिइसकेका छन्।

यहीबीच अध्यक्ष परिषद्का अर्का नेता परियारले पनि राजीनामा दिएको चर्चा चलिरहेको बेला उनले आफु पार्टीमै रहेको स्पष्टिकरण दिएका हुन् ।

‘ह्वाट्सएप ग्रुपमा अब यसरी हुँदैन। चुनावी समीक्षा भएको छैन। छलफल गरेर अगाडि बढ्नुपर्छ भन्ने ढङ्गले मैले लेखेको थिए। तर राजीनामा दियो भन्ने ढङ्गले प्रचार गरियो त्यस्तो होइन,’उनले भने ।

उनले अन्य नेताहरूले राजीनामा दिएको विषयमा छलफल गर्नको लागि पार्टी बैठक बस्ने तयारी भइरहेको बताए। तत्कालीन माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्मा, रास्वपा छाडेका सन्तोष परियार र नेसपा (नयाँ शक्ति) मिलेर बनेको प्रलोपा स्थापना गरिएको थियो।