भिजिट भिसा प्रकरण : कांग्रेस, एमाले र माओवादीबीच सहमति

  • मिति : जेष्ठ ३०, २०८२
2.3K Shares

काठमाडौं, ३० जेठ । गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भिजिट भिसा प्रकरणमा सत्तारूढ नेकपा (एमाले) , नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)बीच सहमति भएको छ ।

संसद अवरोध खुलाउने विषयमा तीन शीर्ष दलबीच सहमति भएको हो । तीन दलबीच दुई बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबार दिउँसो २ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

विपक्षी दल रास्वपाले भने गृहमन्त्रीको राजीनामा अडान कायमै राखेको छ ।