विष्णु पौडेललाई गैरकानूनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता

  • मिति : असार १०, २०८३
395 Shares

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

पौडेलको तर्फबाट पत्नीले रिट दायर गरेकी हुन् । पौडेललाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरेर थुनामा राखिएको रिटमा उल्लेख छ ।

सम्पत्ति शुद्वीकरणको कसुरमा पक्राउ परेका पौडेललाई विशेष अदालतले मंगलबार पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।