काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ परेका छन् । प्रहरीले शुक्रबार भारत उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो ।
चौहान ४ केजी थाई गाँजासहित बङ्गलादेश हुँदै नेपाल आउने क्रममा विमानस्थलबाट पक्राउ परेका हुन् । एयर ड्रायर र कुकिज बिस्कुटको बट्टामा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।चौहानबाट एक थान पासपोर्ट र मोबाइल बरामद गरिएको समेत प्रहरीले जनाएको छ ।