बझाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, घाइते ६ मध्ये पाँचको अवस्था गम्भीर

  • मिति : कार्तिक १८, २०८३
378 Shares

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।

जिपको ब्रेक फेल भएर सडकबाट एकसय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पवित्रा धामी र ४० वर्षीय गोपाल धामी रहेका छन् ।

यसैगरी, केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी र दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री तथा ४२ वर्षीय रामकुमार धामी घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।